राजनीति

लिङ्देनलाई बाच्छोको संज्ञा दिदै ओलीले भने – भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई भर्खरको बाच्छोको संज्ञा दिनुभएको छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन उद्घाटन समारोहमा बोल्दै अध्यक्ष ओलीले लिङ्देनलाई कटाक्ष गर्दै भन्नुभयो, ‘भर्खरको बाच्छो हिँड्न जान्दैन, अलि बढी कुद्छ’ । कांग्रेसको १४ औं महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै लिङ्देनले राजतन्त्रको पक्षमा बोल्नुभएको थियो ।

त्यसपछि सम्बोधन गर्दै ओलीले नागरिक स्वाभिमान बिर्सिएर जन्मसिद्ध श्रेष्ठताको सिद्धान्त मान्नु आश्चर्य भएको बताउनुभयो । ‘नागरिकबाट कोही नेता उत्पन्न हुन सक्दैन, हरेक नेता चोर हुन्छ । यस्ता कुरा बोकेर हिँड्ने ?’ ओलीले भन्नुभयो, ‘भर्खर भर्खर अध्यक्षमा छानिएको रातताप होला केही साथीहरुलाई । त्यस राततापमा भर्खर भर्खरको बाच्छो हिँड्न जाँदैन, अलिबढी कुद्छ क्या ।’

त्यस्तै ओलीले देश र जनताका लागि कांग्रेससँग सहकार्य गरेर जान तयार रहेको बताउनुभयो ।