राजनीति

कांग्रेस नेताहरुलाई प्रचण्डको आग्रह : एक्लै हिँड्ने अहंकार नगरौं, ओरालो लागिन्छ (भिडियोसहित)


काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक्लै हिँड्न नहुने बताएका छन् । शुक्रबार नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा शुभकामना व्यक्त गर्दै प्रचण्डले अहंकार गर्नेहरुको ओरालो यात्रा शुरु भएको स्मरण गराए ।

‘हामी एक्लै हिँड्ने अहंकार कसैले नगरौं,’ प्रचण्डले भने, ‘हामीले राजनीतिक प्रतिष्पर्धा गरे पनि त्यहाँ भित्र एकता गर्नैपर्ने हुन्छ । जसले अहंकार देखायो, त्यसको ओरालो यात्रा शुरु भयो भन्ने नेपालको इतिहासले देखाएको छ ।’ प्रचण्डे अहिले प्राप्त भएको उपलब्धी पनि गठबन्धनबाटै प्राप्त भएको भन्दै अब पनि त्यसलाई निरन्तरता दिनुपर्नेमा जोड दिए ।