राजनीति

राष्ट्रियताप्रति कांग्रेसको ध्यान जाओस : सिपी मैनाली


काठमाडौँ — नेकपा मालेका महासचिव सिपी मैनालीले राष्ट्रियताप्रति कांग्रेसको अझ ध्यान जानुपर्ने बताएका छन् । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा बोल्दै उनले यस्तो धारणा राखेका हुन् । पुरानो पार्टी र राष्ट्रियताको मुद्दा बनाएको पार्टीले यसतर्फ अझ ध्यान दिनुपर्ने उनको भनाई छ ।

संसदीय व्यवस्था बिग्रिएको, संसदमा अवरोध सिर्जना भइरहेको, जानीजानी कार्यकारी प्रमुखहरु अस्थिरतातर्फ लागेको, राष्ट्रियता कमजोर बन्ने अवस्थामा पुगेकोलगायतका विषयमा उनले कांग्रेसको ध्यानाकषर्ण गराए ।

न्यायपालिकासँग भाडबण्डा गरेर शासन चलिरहेको उनको टिप्पणी छ । ‘अहिले आउँदा पनि यो व्यवस्था अप्ठेरोमा परेको छ, भ्रष्टाचार बढेको छ, ऋण खर्च बढेको छ,’ उनले भने, ‘सबै राष्ट्रवादी शक्तिहरु देश जोगाउने मुद्दामा एकजुट होऔं ।’