राजनीति

एकै मञ्चमा अनेक राजनीतिक नेतालाई देख्न पाउँदा खुसी लाग्यो : भाजपा नेता हर्षवर्द्धन


काठमाडौँ — भारतीय जनता पार्टी (भाजपा) नेता हर्षबर्द्धनले एकै मञ्चमा नेपालका अनेक राजनीतिक नेतालाई देख्न पाउँदा खुसी लागेको बताएका छन् ।
नेपाली कांग्रेसको चौधौँ महाधिवेशनलाई शुक्रबार सम्बोधनका क्रममा उनले यस्तो बताएका हुन् ।

‘मेरो राजनीतिक जीवनमा यति धेरै नेता एकै मञ्चमा देखेको थिइनँ’, उनले भने, ‘तपाईंहलाई यसरी एकै ठाउँमा देख्दा मलाई औधि खुसी लागेको छ ।’