समाचार

कैलालीमा दुई भारतीय प्रहरी पक्राउ


काठमाडौँ — कैलालीमा अवैध रुपमा प्रवेश गरेका दुई जना भारतीय प्रहरी पक्राउ परेका छन् ।

खक्रौला नाकाबाट भारतीय HR31P8779 नम्बरको गाडीमा टीकापुर प्रवेश गरेका हरियाणामा कार्यरत दुई जना प्रहरीलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय टीकापुरका प्रमुख प्रहरी नायब उपरीक्षक९डीएसपी० प्रकाश सापकोटाले भारतीय प्रहरी हवलदार सुनिल कुमार र प्रहरी जवान सतेन्द्र कुमारलाई पक्राउ गरिएको जानकारी दिए ।

बिहीबार एउटा मुद्धाको अनुसन्धानका लागि सीमा क्षेत्रसम्म पुगेका उनीहरु झुक्किएर नेपाल प्रवेश गरेकोमा टीकापुर नगरपालिका(९ मा मोटरसाइकललाई ठक्कर दिएपछि दुवै जना पक्राउ परेका थिए ।

प्रहरी नायब उपरीक्षक सापकोटाले टीकापुर–९ को झुगामा स्थानीय इन्दलकुमार गोडिया सवार मोटरसाइकललाई ठक्कर दिएपछि गाडीसहित पक्राउ परेका उनीहरु भारतीय प्रहरी भएको खुलेको जनाए ।

घाइते गोडियाको अवस्था समान्य छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० वेदप्रकाश जोशीले भन्सार शुल्क नतिरेर नेपाल प्रवेश गरेका उनीहरु प्रहरी भएको खुलेपछि भारतीय प्रहरीलाई जानकारी गराइएको बताए ।

दुवै जनाले घाइतेको उपचारमा लाग्ने खर्च व्यहोर्ने प्रतिबद्धता जनाएपनि भन्सार शुल्क नतिरेर प्रवेश गरेको सन्दर्भमा आवश्यक कानूनी प्रक्रिया पूरा गरेर उनीहरुलाई छाडिने प्रहरी नायब उपरीक्षक जोशीले बताए ।