राजनीति

संस्थापनइतर पक्षले ५ बजे आधिकारिक टिम घोषणा गर्ने


काठमाडौँ – नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आज साँझ आधिकारिक उम्मेदवार घोषणा गर्ने भएको छ । महाधिवेशनको उद्घाटन सत्रपछि साँझ ५ बजे संस्थापनइतको बैठक बसेर उमेदवार तय गर्ने निर्णयमा नेताहरु सहमत भएका छन् ।

बत्तिसपुतलीस्थित अनुपम फुडल्यान्डमा हुने बैठकमा जिल्ला सभापतिहरु, जिल्लाका पूर्व सभापतिहरु तथा केन्द्रीय सदस्यहरुसहित नेताहरु बसेर आधिकारिक टिम घोषणा गर्ने सहमति भएको एक नेताले बताए ।