राजनीति

देउवाले पौडेललाई सभापति छोडिदिए, निधि बाधक नबन्ने


काठमाडौँ – नेपाली कांग्रेसको सभापतिका आकांक्षी विमलेन्द्र निधिले सर्वसम्मतमा नेतृत्व चयन हुने अवस्था आए आफू बाधक नबन्ने बताएका छन् ।

चितवन–काठमाडौं प्रजातान्त्रिक संगमले गरेको कार्यक्रममा बोल्दै निधिले शेरबहादुर देउवाले रामचन्द्रलाई प्रस्ताव गरे आफू बाधक बताएका हुन् । अन्यथा आफ्नो उम्मेदवारी कायमै रहेको जानकारी दिए ।
“रामचन्द्र पौडेललाई सर्वसम्मत बनाउन सकिन्छ भने प्रयास गरौँ, सर्वसम्मति हुन्छ भने म बाधक बन्दिनँ । शेरबहादुर देउवाले रामचन्द्रलाई प्रस्ताव गरे म बाधक बन्दिनँ, नभए मेरो उमेदवारी कायम रहन्छ,” उनको भनाइ थियो ।