राजनीति

पदाधिकारी टुंगो लगाउन देउवा समूहको बैठक बालुवाटारमा


काठमाडौँ – नेपाली कांग्रेसको १४ महाधिवेशनका लागि पदाधिकारीको टुंगो लगाउन संस्थापन पक्षको बैठक बालुवाटारमा बसिरहेको छ ।

बैठकमा पदाधिकारीमा दाबी गरिरहेका नेताहरु बाहेकका अरु नेताको पनि उपस्थिति रहेको छ ।

प्रदेशका प्रतिनिधिबीचको छलफलपछि अहिले बालुवाटारमा अनौपचारिक छलफल भइरहेको छ । संस्थापनइतरका नेताहरु पनि साझा उम्मेदवार तय गर्न पौडेल निवासमा पुगेका छन् ।