राजनीति

साझा उम्मेदवारबारे अन्तिम कसरत,संस्थापनइतर पुगे पौडेल निवास


काठमाडौँ — नेपाली कांग्रेसको संस्थपनइतर पक्षबाट सभापतिका लागि साझा उम्मेदवार छनोटको प्रयासमा लागेका छन् । कांग्रेसको १४औं महाधिवेशन औपचारिक रूपमा सुरु हुनै लाग्दा संस्थपनइतरका नेताहरू छलफल गर्न वरिष्ठ नेता रामचन्द्रपौडेले निवास बोहोराटार पुगेका छन् । पौडेलसँग छलफल गर्न बलबहादुर केसी, मीनेन्द्र रिजाल र महामन्त्रीका प्रत्याशी गगन थापा पौडेल निवास पुगेका हुन् ।

संस्थापन पक्षबाट सभापतिमा प्रधानमन्त्री तथा वर्तमान सभापति शेरबहादुर देउवा उम्मेदवार भए पनि संस्थापनइतर समूहमा भने अझै पनि निर्णय हुन सकेको छैन ।

संस्थापनइतर समूहमा पूर्वमहामन्त्री प्रकाशमान सिंह र केन्द्रीय सदस्य शेखर कोइराला दुवैले उम्मेदवारी दिने अडान राखेका छन् । दुवैले सामाजिक सञ्जालमार्फत प्रचारप्रसार थालिसकेका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेलले भने कोइराला र सिंहबीच सहमति नभए वक्तव्य जारी गरेर महाधिवेशनको उद्घाटन कार्यक्रममा नजाने पौडेलको तयारी थियो ।

पौडेल महाधिवेशनमा नजाने जानकारी पाएपछि विमलेन्द्र निधिले टेलिफोन मार्फत् त्यस्तो नगर्न आग्रह गरेका थिए । यद्यपि पौडेलले भने महाधिवेशनमा उपस्थिति हुने बचन दिइसकेको निधि निकट स्रोतले जनाएको छ ।