राजनीति

गणेश लामाले केन्द्रीय सदस्यमा उम्मेदवारी दिने


काठमाडौँ – नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा गणेश लामाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार हुने उम्मेदवारको मनोनयदर्तामा आफूले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको लामाले बताए ।

पार्टीको युवाहरुको भूमिकालाई सशक्त बनाउन र राष्ट्रियता बलियो बनाउन आफ्नो उम्मेदवारी रहेको लामाले बताए ।

लामा तत्कालिन लोकतान्त्रिक फोरमको केन्द्रीय सदस्य रहेका उनी पार्टी समायोजनपछि महासमिति सदस्य तथा प्रदेश सभा निर्वाचनमा काभ्रे क्षेत्र न.१ (ख) बाट उम्मेदवार थिए । उनी गुण्डागदीेको नाइके पनि रहेको प्रहरीको रेकर्डले देखाउछ । उनी कयौं आपराधिक घटनामा संलग्न रहेको प्रहरीले पुष्टि गरेको छ । उनी पार्टीका वर्तमान उपसभापति विजय कुमार गच्छदार निकट मानिन्छन् ।