राजनीति

हृदयेश त्रिपाठी नयाँ पार्टी घोषणा गर्ने तयारीमा


काठमाडौँ – स्वतन्त्र नेता हृदयेश त्रिपाठीले मङ्सिर २८ गते नयाँ पार्टी घोषणा गर्ने भएका छन् । त्रिपाठीले सो दिन एक कार्यक्रमको आयोजना गरी जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्न लागेका हुन् ।

तत्कालीन राष्ट्रिय जनता पार्टी नेपालबाट अलग भएर स्वतन्त्र राजनीतिक समूह बनाएका त्रिपाठी सो पार्टीको संयोजक हुने छन् । पार्टी घोषणा गरे पनि अहिले नै कमिटी विस्तार भने नगर्ने त्रिपाठीले बताएका छन् । नयाँ पार्टी भए पछि अन्य नेताहरु पनि आफ्नो पार्टीमा सामेल भईसकेपछि मात्र कमिटी विस्तार गर्ने छन् ।

गत निर्वाचनमा स्वतन्त्र राजनीतिक समूहका उनी लगायत नेताहरुले एमालेको सूर्य चुनाव चिन्हबाट प्रदेशसभा र प्रतिनिधि सभा चुनाव लडेका थिए । प्रतिनिधिसभामा त्रिपाठी र वृजेश गुप्ता विजयी बनेका थिए भने एकजनाले प्रदेशसभामा चुनाव जितेका छन् ।