राजनीति

गगनको क्रेज : सभापति जो होस्, महामन्त्रीमा गगन थापा ! के छन् योजना ? (भिडियोसहित)


काठमाडौँ — नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको सम्मुखमा महामन्त्रीका उमेदवार गगन थापाले अवधारणा पत्र सार्वजनिक गरेका छन् । युवा पुस्तामा लोकप्रीय नेता थापाले समुन्नत नेपाल र सम्मानित नेपालीको अवधारणा अघि सारेका छन् ।

३० वर्षदेखि नेपाली काँग्रेससंग आवद्ध रहेका गगन थापा दोस्रो पटक पार्टीमा महामन्त्रीको दौडमा छन् । अघिल्लो महाधिवेशनमा पराजय व्यहोरेका थापा फेरि एक पटक पार्टीको महत्वपूर्ण पदका लागि मैदानमा उत्रिएका हुन् । सयौँ नेताहरुले पार्टीको विभिन्न पदाधिकारीमा उमेदवारी दिने घोषणा गरिरहँदा आफ्नो उमेदवारी के का लागि भनेर कसैले पनि कार्यकर्ता, प्रतिनिधि र शुभचिन्तकलाई सुनाएका छैनन् । र थापाले आफ्नो अवधारणा सार्वजनिक गरेका र त्यो नेपाली काँग्रेसको अवधारणा हुनु पर्ने उद्घोष गरेका छन् ।

काँग्रेसको शिर्ष भनिएका कुनै नेताले नगरेको जिम्मेवारपूर्ण कार्य थापाले गरेका छन् । उनको अवधारणा पत्रले तल्लो तहबाटै निर्वाचित भएर आएका युवा प्रतिनिधिहरुको जोसमा थप उर्जा भर्ने कार्य थापाले गरेका छन् । बढ्दो राजनीतिक नैराश्यताका बीच थापाले युवाहरुमा यही व्यवस्थामा काँग्रेस दरिलो र गर्विलो पार्टी भएको थापाले दावी गरे ।

२०७८ सालपछि पार्टीको कार्यदिशा ‘समुन्नत नेपाली, सम्माति नेपाली’ बनाउन पार्टीमा प्रस्ताव लैजाने थापाको भनाई छ । उनले कांग्रेसको महामन्त्री कुर्सीमा बस्ने मात्र नभई कांग्रेसको कार्यदिशाको प्रस्तावक पनि हुने बताए का छन् । एमाले अध्यक्ष ओली प्रधानमन्त्री हुँदा ल्याएको समृद्ध नेपाल, सुखी नेपालीको नारासंग ठ्याक्कै मिल्ने गरी थापाले ‘समुन्नत नेपाली, सम्माति नेपाली’ को नारा सुनाएका हुन् । तर ओलीप्रति इंगित गर्दै समृद्ध नेपाल, सुखी नेपालीको नारालाई व्यंग्य गरे ।

गगन थापा एक्लैले आयोजना गरेको आकस्मीक कार्यक्रममा सयौँ कार्यकर्तालाई उतारेका थिए । प्रज्ञा भवनमा आयोजना गरिएको कार्यक्रममा उनका समर्थकहरु खचाखच भरिएका थिए । थापा रामचन्द्र पौड्याल समूह निकट हुन् । आकांक्षि धेरै भएका कारण यो समूहले सभापतिको उमेदवार टुंग्याउन सकेको छैन भने महामन्त्रीमा थापाले माहोल बनाइसकेका छन् । आजको भेलाबाट पनि गगन थापा वृहत तयारीमा जुटिसकेका छन् भन्ने स्पष्ट देखिन्छ ।

तर कार्यकर्तामा लोकप्रीय हुनु र निर्वाचनको अंकगणितमा आकाशपातालको फरक हुन्छ । स्थानीय, जिल्ला र प्रदेशको समेत अधिवेशनलाई हेर्ने हो भने परिणामतः लाकप्रिय युवा भनिएका नेताहरु पराजित भए । समूहभित्र सभापतिकै उमेदवार टुंगो नलागेको बेला माथिल्लो नेता व्यवस्थापनका लागि थापा ब्याक हुनु पर्ने त छैन ? उनको जोडबल र सक्रियता बढि पो भयो की ? वा अन्ततग्वत्वाः प्यानलमा नअट्ने स्थिति आयो भने पनि थापाका लागि लोकप्रिय हुँदा हुँदै अघिल्लो महाधिवेशनमा झैँ पराजयको तितोपन थापाले व्यहोनु पर्ने हुन्छ ।

पार्टीको नेतृत्व छाड्ने र नयाँले अवसर पाउने भनेको नेपाली राजनीतिक दलमा मृत्यु नै निर्विकल्प जस्तै बनेको छ । नत्र पद नछाड्ने र जुनियरहरुले अवसर नपाउने यो स्थितिमा सभापतिका केही आकांक्षि र गगन थापा जस्ता तेस्रो तहका नेताहरुको जोडबलले माथिल्लो नेतृत्व पेचिलो दवावमा भने परेकै छन् ।