राजनीति

अब प्रजातान्त्रिक तरिकाले पार्टी नेतृत्व अगाडि बढ्छ : सभापति देउवा


काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रजातान्त्रिक तरिकाले पार्टी नेतृत्व अगाडि बढ्ने बताउनुभएको छ । सहमहामन्त्री डा.प्रकाशशरण महतद्धारा लिखित पुस्तकको बिहीबार विमोचन गर्दै देउवाले १४औँ महाधिवेशनमा भरसक सहमतिमा नेतृत्व चयनको प्रयास गर्ने बताउनुभएको हो ।

प्रजातान्त्रिक पार्टीमा सहमति नभए निर्वाचन हुने भन्दै उहाँले हारजितलाई स्वभाविक रुपमा लिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा सहमहामन्त्री डा. महतले पार्टी र देशलाई देउवाको नेतृत्व फेरि पनि आवश्यक रहेको बताउनुभयो ।