राजनीति

काँग्रेसको केन्द्रीय कार्यसमिति बैठकद्धारा विभिन्न प्रतिवेदन पारित, पार्टीसँग १० करोड रुपैयाँ मौज्दात


काठमाडौँ – सत्तारुढ दल नेपाली काँग्रेसको केन्द्रिय कार्यसमितिको बैठकले तीन वटा प्रतिवेदन र एउटा अनुमोदन सम्बन्धी प्रश्ताव पारित गरेको छ ।

विहीबार पार्टीको केन्द्रिय कार्यालय सानेपामा बसेको केन्द्रिय कार्यसमितिको बैठकले सांगठनिक प्रतिवेदन, लेखासम्बन्धी प्रतिवेदन र पार्टीको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले कार्यकालको बीचमा गरेका कार्यहरु सम्बन्धी प्रतिवेदन तीन वटा प्रतिवेदन र एउटा अनुमोदन सम्बन्धी प्रश्ताव पारित गरेको हो ।

बैठकपछि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माका अनुसार बैठकले महामन्त्री द्वयको तर्फबाट महामन्त्री पूर्णबहादुर खड्काले सांगठनिक प्रतिवेदन पेश गर्नुभएको थियो । उक्त प्रतिवेदनलाई बैठकले सर्वसम्मतिले पारित गरेको र पारित सांगठनिक प्रश्ताव केन्द्रिय महाधिवेशनको बन्दसत्रमा प्रश्तुत हुने प्रवक्ता शर्माले बताउनु भयो ।

शर्माका अनुसार अहिले पार्टीसँग १० करोड रुपैयाँ भन्दा माथि मौज्दात रकम रहेको लेखासमितिको प्रतिवेदनमा उल्लेख छ ।