बिजनेस

अर्थमन्त्री शर्मा भन्छन् – सरकारको पूँजीगत बजेट खर्च हुन नसक्दा तरलता अभाव भयो


काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले सरकारको पूँजीगत बजेट खर्च हुन नसक्दा बजारमा तरलता अभाव भएको बताउनु भएको छ ।

विहीबार प्रतिनिधिसभा अन्तर्गत अर्थसमितिको बैठकमा समग्र अर्थतन्त्रको पछिल्लो अवस्थाबारे जानकारी दिँदै अर्थमन्त्री शर्माले सरकारले बनाएको योजना अनुसार पूँजिगत खर्च गर्न नसक्दा तरलता अभाव भएको बताउनु भएको हो । अर्थमन्त्री शर्माले तरलता व्यस्थापनको लागि निरन्तर रुपमा राष्ट्र बैंकसँग छलफल भइरहेको बताउनु भयो ।

मन्त्री शर्माले आफू अर्थमन्त्री भएपछि पहिलो तीन महिनामा १० प्रतिशत र त्यसपछिका प्रत्येक महिनामा १०÷१० प्रतिशतका दरले पूँजिगत खर्च गर्ने योजना बनाएको तर, योजना अनुसार खर्च गर्न नसकेको स्वीकार गर्नुभयो ।