राजनीति

काँग्रेसको १४ औँ महाधिवेशनको उद्घाटनको तयारी अन्तिम चरणमा


काठमाडौँ – नेपाली काँग्रेसले १४ औँ महाधिवेशनको उद्घाटन लगायतका कामको तयारी अन्तिम चरणमा पुगेको बताएको छ ।

विहीबार सञ्चारकर्मीहरुसँगको कुराकानीमा नेपाली काँग्रेस काठमाडौं जिल्ला सचिव तथा १४ औंँ महाधिवेशन प्रचारप्रसार मञ्च व्यवस्थापन समिति संयोजक गोविन्द पुडासैनीले १४ औँ महाधिवेशनको लागि उद्घाटन लगायतका कामहरुको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिनुभएको हो ।

उहाँले महाधिवेशन तयारीको काम ९० प्रतिशत सकिएको र बाँकी १० प्रतिशत काम आज रातभर सकिने बताउनु भयो । संयोजक पुडासैनीले प्रदर्शनी मार्गमा मात्र पार्टीको काम भएकोले अन्य सडकमा सर्वसाधारणहरुलाई ट्राफिक जाम भएर समस्या नपर्ने बताउनु भयो ।