राजनीति

संस्थापनइतर समूहको बैठक शशांक निवासमा


काठमाडौँ – कांग्रेस महामन्त्री शशांक कोइरालाको निवास महाराजगन्जमा संस्थापनइतर पक्षको बैठक जारी छ ।

बिहान अनुपम फुडल्यान्डममा बसेको बैठकले सभापतिका आकांक्षीद्वय प्रकाशमान सिंह र डा. शेखर कोइरालासँग वार्ता गर्न छुट्टाछुट्टै समूह बनाएको थियो । अहिलेको बैठकमा वार्ता गर्ने टिमले नेताहरूको धारणा, आग्रह र समाधानको बाटोका विषयमा ब्रिफिङ गर्ने बुझिएको छ । बिहान बसेको बैठकले अर्जुननरसिंह केसी, बलबहादुर केसी र महेश आचार्यलाई प्रकाशमान सिंहसँग वार्ता गर्न पठाएका थियो भने गगन थापा, गुरु घिमिरे, चन्द्र भण्डारी र धनराज गुरुङलाई डा. शेखर कोइरालासँग वार्ता गर्न पठाएका थियो ।

दुवै समूहको वार्ताबाट आएको निष्कर्ष बैठकमा पेस भएपछि आकांक्षी नेताद्वयलाई बैठकमा बोलाउने वा आफैँ भेटेर कुरा गर्न भन्ने विषयमा निर्णय हुने नेता गुरुराज घिमिरेले जानकारी दिए ।