राजनीति

रोकिएका परीक्षा ७ दिनभित्र सञ्चालन गर्न अनेरास्ववियुले बुझायो ज्ञापनपत्र


काठमाडौँ – नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालय सेवा आयोगको यसअघि रोकिएका परीक्षा सात दिनभित्र सञ्चालन गर्न माग गरेको छ ।

अनेरास्ववियुको त्रिभुवन विश्वविद्यालय कमिटीका इन्चार्ज मदन विष्ट र कार्यवाहक संयोजक अम्मरराज जोशीले त्रिवि सेवा आयोगका अध्यक्ष प्रा. डा. लालु पौडेललाई ज्ञापनपत्र बुझाउँदै सात दिनभित्र सूचना प्रकाशित गरी नियमित रुपमा सेवा आयोगको परीक्षा सञ्चालनको व्यवस्था मिलाउन आग्रह गरेको हो ।

त्यस्तै अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयको करार शिक्षकहरुलाई स्थायी गर्ने निर्णय तत्काल खारेज गर्न समेत माग गरेका छन् । अनेरास्ववियुले प्रतिस्पर्धाको दुनियाँमा लुटतन्त्र मच्चाउन खोज्नेहरुको दबाबमा पर्न नहुने भन्दै त्रिवि सेवा आयोगलाई सचेत गराएको छ ।

मंसिर १४ गते बसेको त्रिवि सभाको बैठकले खुला प्रतिस्पर्धा निषेध गरेको भन्दै अनेरास्ववियुले विरोध जनाउँदै आएको छ ।