राजनीति

कांग्रेस केन्द्रीय समिति बैठक सकियो, ३ प्रस्ताव पारित


काठमाडौँ — कांग्रेस केन्द्रीय समिति बैठक सकिएको छ । बैठकले तीन प्रस्ताव पारित गरेको छ ।

१४ औं महाधिवेशनको पूर्वसन्ध्यामा बसेको पार्टी बैठकले महामन्त्री शशांक कोइराला, पूर्णबहादुर खड्काको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवको आर्थिक प्रतिवेदन र उपसभापति विमलेन्द्र निधिले पेस गरेको नीति अनुसन्धान प्रतिस्ठानको प्रतिवेदन सर्वसम्मत पारित गरेको हो ।

यस्तै बैठकले विधान संशोधनलगायत अनुमोदन पनि गरेको छ । बैठकमा वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता प्रकाशमान सिंह भने उपस्थित थिएनन् । अनुपस्थित रहेका छन् ।