राजनीति

चाक्सीबारी पुगेका नेताहरुलाई प्रकाशमानको आग्रह : मेरै नाममा सहमति गर्नुस्


काठमाडौँ — नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४ औं महाधिवेशनमा पौडेल पक्षबाट सभापतिको उम्मेदवारमा आफ्नो नाममा सहमति गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

सभापतिको साझा उम्मेदवार छान्ने अधिकार केन्द्रीय सदस्यहरुलाई दिने प्रस्ताव लिएर नेताहरु अर्जुननरसिंह केसी, बलबहादुर केसी र महेश आचार्य सिंहको निवास चाक्सीबारीमा पुगेका थिए । सो भेटमा नेतात्रयले साझा उम्मेदवार तय हुन नसके जित्न नसक्ने भएकाले सहमति खोज्नुपर्ने बताएका थिए ।