राजनीति

पौडेल पक्षले केन्द्रीय समितिको बैठक बहिष्कार गर्ने


काठमाडौँ – नेपाली काँग्रेसको केन्द्रीय समितिको बैठक वरिष्ठ नेता रामचन्द्र पौडेलले बहिस्कार गर्ने भएका छन् । महाधिवेशन सुरु हुने अघिल्लो दिन पार्टी कार्यालय सानेपामा बोलाइएको बैठकबाट विधान परिवर्तन गर्न लागिएको भन्दै पौडेलले बैठक बहिस्कार गर्ने भएका हुन् ।

बैठक बिहीबार बिहान साढे १० बजे पार्टीको केन्द्रीय कार्यालयमा बोलाइएको भएपनि नेताहरु आन्तरिक छलफलमा व्यस्त हुँदा एक बजेसम्म सुरु हुन सकेको छैन । बैठकबाट विधान परिवर्तन गर्दै सहमहामन्त्री पद थप्ने तयारी संस्थापन पक्षको छ । तर पौडेलले त्यसलाई अस्वीकार गरेका हुन् ।

आजै बिहान काँग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेल पौडेललाई भेट्न पुगेका थिए भने सो क्रममा उनले विधान परिवर्तन गर्ने तयारीमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, केन्द्रीय सदस्य तथा आमन्त्रित केन्द्रीय सदस्यको उपस्थिति रहनेछ ।