राजनीति

ओली,दाहाल र नेपाल एउटै मञ्चमा


काठमाडौँ – नेकपा फुटपछि अलग्गिएका कम्युनिष्ट पार्टीका शीर्ष तीनहरु पुन एउटै मञ्चमा देखिने भएको छ । मंसिर २४ मा सुरु हुने नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको उद्घाटन समारोहमा एमालेका अध्यक्ष केपी शर्मा ओली, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल एकै मञ्चमा देखिने भएका हुन् ।

कांग्रेस महाधिवेशनको ब्यानरमा लेखिए नाराको जस्तै ‘सबै अट्ने देश र सबैलाई जोड्ने कांग्रेस’ यो अर्थमा भने सार्थक बन्ने भएको छ । नेकपा फुटसँगै फाटिएका तीन शीर्ष नेताहरुको सम्बन्ध र महाधिवेशनको मञ्चले वर्षपछि आमुन्ने सामुन्ने बसाउने भएको छ ।

भिन्नभिन्न मञ्चमा एक अर्काको खेदो खन्ने नेताहरु एकै मञ्चमा उपस्थित हुँदा त्यहाँको माहोल हेर्न लायक बन्ने निश्चित छ । तीनतिर उभिएर आपसी अस्तित्व स्वीकार गर्न नसक्ने तहमा पुगेका ठूला कम्युनिष्ट नेताहरू कुन रुपमा प्रस्तुत हुन्छ त्यो सबैको केन्द्रमा हुने छ । अध्यक्षद्वय ओली र प्रचण्डको भेट नभएको एक वर्ष नै भएको छ भने नेपालको ओलीसँग भेट नभएको पाँच महिना बितेको छ ।

विभाजनपछि माओवादी र एकीकृत समाजवादी करिब पाँच महिनादेखि कांग्रेससँग सत्ता सहकार्यमा छन् भने एमाले प्रमुख प्रतिपक्षी भूमिकामा छ ।