राजनीति

सिटौलाको समर्थन कसलाई ?


काठमाडौँ – नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला निकट नेताहरुको बैठक आज दिउँसो गौशालमा बस्दै छ । १४ औं महाधिवेशनमा आफैँ एकल रूपमा प्रतिस्पर्धा गर्ने वा संस्थापन र संस्थापनइतरमध्ये कुन समूहलाई सघाउने भन्ने विषयमा निर्णय लिन बैठक बस्न लागेको हो ।

बुधबार पनि सिटौला समूहको बैठक बसेको थियो । सो बैठकमा अधिकांश नेताले देउवालाई सहयोग गर्न सुझाव दिएको थियो । त्यस्तै बुधबार नै वरिष्ठ नेता रामचन्द्र पौडेल सिटौलालाई भेट्न उनकै निवास पुगेका थिए । उक्त भेटमा पौडेलले आफूलाई सहयोग गर्न आग्रह गरेका थिए । सिटौलाले भने सहमतिको आधार के ? भन्दै प्रश्न गरेका थिए ।

आज सिटौला समूहको बैठकपछि कुन समूहलाई समर्थन गर्ने भन्नेबारे टुंगो लाग्ने छ ।