राजनीति

साझा उम्मेदवारी चयनमा संस्थापनइतरको कसरत,सिँह र कोइरालासँग छलफल गर्न दुई समिति गठन


काठमाडौँ – नेपाली कांग्रेसको १४ औं महाधिवेशन संघारमा आईपुग्दासमेत संस्थापनइतर समूहबाट सभापतिका लागि साझा उम्मेदवारी चयनमा सकस परेको छ । त्यसैको समाधान गर्न अहिले सभापतिमा एकजनामात्रै आकांक्षी बनाउन प्रयास स्वरुप दुईवटा समिति बनाएको छ ।

काठमाडौँको बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा बिहीबार बिहान बसेको संस्थापनइतर समूहका केन्द्रीय सदस्यहरुको बैठकले दुई समिति बनाएर समाधान निकाल्न यस्तो निर्णय गरेको हो ।

गठन गरिएको एक समितिबाट गगन थापा, धनराज गुरुङ र चन्द्र भण्डारीले डा.शेखर कोइरालासँग छलफल गर्नेछ, भने अर्का समिताबाट महेश आचार्य, अर्जुन नरसिंह केसी र बलबहादुर केसीलेप्रकाशमान सिंहसँग छलफल गर्नेछ । संस्थापनइतर समूहले उनीहरुसँगको छलफलसँगै साझा उम्मेदवारीका विषयमा निष्कर्ष निकाल्ने तयारी गरेको छ ।