राजनीति

संस्थापनइतरमा थप संकट, सभापतिको दौडबाट कुनै हालतमा पछि नहट्ने सिंहको भनाई


काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकशमान सिंहले १४ औँ महाधिवेशनमा आफु सभापतिको दौडबाट पछि नहट्ने बताएका छन् । महाधिवेशन हुने मिति नजिकिँदै जाँदा सभापतिमा आफ्नो उम्मेदवारी रहने उनले स्प्रष्ट गरेका हुन् ।

राजधानीको बानेश्वरमा आज नेता कृष्णप्रसाद भट्टराईको शालिक अनावरण गर्दै नेता सिंहले पाटीलाई विधिसंवद, नियम संबद र संस्थागत रुपमा अगाडी बढाउन र सम्पूर्ण चुनौतिलाई सामना गर्दै आफूले कांग्रेसलाई विशुद्ध प्रजातान्त्रिक पार्टीको रुपमा स्थापित गराउने एजेण्डाका साथ सभापति पदका लागी दाबी गरेको बताएका हुन् ।

सिंहले पछिल्लो पटक दिएको यस्तो अभिव्यक्तिले संस्थापनइतर समूहमा थप संकट निम्तिएको छ । संस्थापनइतर समूहबाट साझा उम्मेदवार चयन गर्न नसक्दा देउवा बलियो हुने स्वत देखिएको छ । कार्यक्रममा सिंहले कांग्रेसलाई एकताबद्ध हुन किसनजीले गरेको त्यागलाई कुनैपनि नेताले आत्मसाथ गर्न नसकेको भन्दै दुख समेत ब्यक्त गरे ।