राजनीति

सहमतिमै नेतृत्व चयन गर्ने देउवाको भनाई


काठमाडौँ – प्रधानमन्त्री शेरबहादुर देउवाले प्रजातान्त्रिक तरिकाले अगाडि बढ्ने बताउनुभएको छ । बिहीबार सहमहामन्त्री डा.प्रकाशशरण महतद्वारा लिखित पुस्तकको विमोचन गर्दै उहाँले १४औँ महाधिवेशनमा भरसक सहमतिमा नेतृत्व चयनको प्रयास गर्ने बताउनुभएको छ ।

देउवाले प्रजातान्त्रिक पार्टीमा निर्वाचनको हारजितलाई स्वभाविक रुपमा लिएर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रमम सहमहामन्त्री डा. महतले पार्टी र देशलाई देउवाको नेतृत्व फेरि पनि आवश्यक रहेको महतले बताउनुभयो ।