राजनीति

एमाले केन्द्रीय कमिटी बैठकका १५ एजेन्डा तय


काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आगामी शनिबार र आइतबार भक्तपुरस्थित जर्मन हाउस अस्पिटालिटीमा बस्ने भएको छ । शनिबार ११ बजे सुरु हुने बैठकमा १५ वटा कार्यसूचीमाथि छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले जानकारी दिनुभयो ।

तामाङका अनुसार बैठकमा बाँकी केन्द्रीय सदस्यहरुको शपथग्रहण, महाधिवेशनको समीक्षा, केन्द्रीय कमिटीमा सदस्यहरुको मनोनयन, पोलिटव्युरो गठन, स्थायी कमिटीको गठन, केन्द्रीय सल्लाहकार परिषद् गठन, कार्य विभाजन, प्रदेशमा रिक्त पदाधिकारीको मनोनयन हुनेछ । यस्तै, जिल्ला र प्रदेश अधिवेशनको मिति निर्धारण, विधान सम्पादन र नियमावली संशोधन, बैठक सञ्चालन कार्यविधि, केन्द्रीय कार्यालय व्यवस्थापनलगायतका कार्यसूची तय गरिएको छ ।