राजनीति

कांग्रेसको निर्वाचन कार्यतालिक संशोधन


काठमाडौँ – नेपाली कांग्रेस, केन्द्रीय निर्वाचन समितिले महाधिवेशन निर्वाचन कार्यतालिका संशोधन गरेको छ । समितिले नयाँ निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

कार्यतालिकाअनुसार मतदाताहरूको नामावली महाधिवेशन उद्घाटनकै दिन बिहान १० बजेदेखि बेलुका ५ बजेसम्म गरिनेछ । उम्मेदवारको मनोनयनका लागि मंसिर २५ गते बिहान १० बजेदेखि बेलुका ५ बजेसम्मको समय तोकिएको छ । यस्तै उम्मेदवारहरूमाथिको दाबीविरोधका लागि २५ बेलुका ५ बजेदेखि ७ बजेसम्मको समय तोकिएको छ ।

उम्मेदवारको अन्तिम नामावली २६ गते दिउँसो साढे १२ बजे गरिनेछ । मतदानका कार्यक्रम २७ गते बिहान ८ बजेदेखि सुरु हुनेछन् ।