राजनीति

प्रदेश सम्मेलनको विषयमा माओवादीको स्थायी समितिमा छलफल हुँदै


काठमाडौँ – नेकपा माओवादी केन्द्रले प्रदेश सम्मेलनको विषयमा छलफल थालेको छ । केन्द्रीय विभागलाई पूर्णता दिएसँगै स्थायी समिति बैठक बोलाएको माओवादी केन्द्रले प्रदेश सम्मेलनबारे छलफल थालेको हो ।

माओवादी केन्द्रले स्थायी समितिको बैठक बुधबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाएको हो । माओवादी केन्द्रले आगामी शनिबार गैरभौगोलिकसहित १० प्रदेशमा एकैपटक सम्मेलन गर्दै छ ।