राजनीति

उम्मेदवार छान्न सकस भएपछि देउवाले बोलाए केन्द्रीय कार्यसमिति बैठक


काठमाडौँ – नेपाली कांग्रेसले पार्टीको १४औं महाधिवेशनको संघारमा सभापति शेरबहादुर देउवाले केन्द्रीय कार्यसमितिको बैठक बोलाउनुभएको छ । बैठक मुख्यगरी शुक्रबारदेखि काठमाडौंमा हुने पार्टीको महाधिवेशन तयारीबारे छलफलमा केन्द्रित रहने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने बैठकमा सहमहामन्त्री थप गर्नेबारे पनि निर्णय लिने तयारी रहेको एक नेताले बताए । नेता व्यवस्थापनका लागि सहमहामन्त्री कम्तीमा दुई जना थप गर्नेबारे सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरूले माग गरिरहेका छन् ।

कांग्रेस विधानअनुसार आठ जना सहमहामन्त्री रहने व्यवस्था छ । तर, खुलातर्फ सहमहामन्त्री एक जना पनि नभएकोले कम्तीमा २ जना राखिनुपर्ने माग सशक्त ढंगले उठेको छ । कांग्रेसले लामो समयपछि केन्द्रीय कार्यालयमा बैठक राखेको छ ।