समाचार

हेलिकोप्टर दुर्घटनामा घाइते भारतीय रक्षा प्रमुख विपिन रावतको निधन


काठमाडौँ – भारतको तामिलनाडूमा बुधबार दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा परेका भारतीय रक्षा प्रमुख विपिन रावतको निधन भएको छ । यससँगै उक्त दुर्घटनामा हेलिकोप्टरमा सवार १४ मध्ये १३ जनाको निधन भएको छ । दुर्घटनामा रावतसँगै उनकी पत्नीको पनि निधन भएको भारतीय एयर फोर्सले पुष्टि गरेको छ ।

तमिलनाडूको कुन्नूरस्थित जंगलमा बुधवार हेलिकोप्टर दुर्घटनामा रावत, उनकी पत्नी र अन्य सैन्य अधिकारीको निधन भएको हो । यो दुर्घटनामा परेका एकजना सैन्य अधिकारीको उपचार जारी छ ।

उक्त हेलिकोप्टर दुर्घटनापछि रावतलाई अस्पताल भर्ना गरिएको थियो। त्यहीँ उनको निधन भएको भारतीय एयर फोर्सले जनाएको छ । जनरल विपिन रावत भारतका पहिलो रक्षा प्रमुख हुन् । उनले १ जनवरी २०२० मा यो पद सम्हालेका थिए ।

रावत ३१ डिसेम्बर २०१६ देखि ३१ डिसेम्बर २०१९ सम्म सेना प्रमुख पदमा रहेका थिए ।