राजनीति

गठबन्धनले एसिड आक्रमणमा संलग्नहरुलाई कारबाही गर्ने कानुन बन्नै दिएन : ईश्वर पोखरेल


काठमाडौँ – प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणमा संलग्नहरुलाई कारबाही गर्ने कानुन बन्न नदिएको आरोप लगाउनु भएको छ ।

पूर्वउपप्रधानमन्त्री समेत रहनु भएका वरिष्ठ उपाध्यक्ष पोखरेलले सत्तारुढ गठबन्धनले एसिड आक्रमणका अपराधीहरुलाई कारवाही गर्नका लागि आफ्नो पार्टी नेतृत्वको अघिल्लो सरकारले ल्याएको अध्यादेश संसदबाट पारित गर्न नदिएको आरोप लगाउनु भएको हो । पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू महिला विभागले बुधबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उहाँले एसिड आक्रमणमा परेका पीडितहरुलाई न्याय दिने काममा समेत सरकारले कानुन बन्न नदिएर अवरोध सृजना गरिरहेको बताउनु भयो ।

वरिष्ठ उपाध्यक्ष पोखरेलले मुलुकको राजनीतिक परिवर्तनलाई जोगाउन पनि सामाजिक जागरणको अभियानलाई तीव्रता दिएर समाजबादको आधार निर्माण गर्न केन्द्रित हुनुपर्नेमा जोड दिनु भयो ।