राजनीति

माओवादी केन्द्रद्वारा पार्टीका ३२ वटा केन्द्रीय विभाग गठन


काठमाडौँ – नेकपा (माओवादी केन्द्र) ले पार्टीका ३२ वटा केन्द्रीय विभाग गठन गरेको छ । विषय विज्ञसमेत राखेर बनाइएका विभाग प्रमुख र उपप्रमुख भने पार्टीका नेताहरूलाई नै बनाइएको छ ।

स्कूल विभाग इन्चार्जको जिम्मेबारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई दिइएको छ भने प्रमुखको जिम्मेवारी नेता गिरिराजमणि पोखरेललाई दिइएको छ । नेता नारायणकाजी श्रेष्ठ विदेश मामिला विभाग प्रमुख बन्नुभएको छ भने संगठन विभाग प्रमुख भने अर्थमन्त्रीसमेत रहनुभएका जर्नादन शर्मा रहनुभएको छ ।

नेता वर्षमान पुनले अर्थ तथा योजना विभाग प्रमुखको जिम्मेवारी पाउनुभएको छ । प्रवक्ता कृष्णबहादुर महरालाई प्रचार तथा रक्षा विभागको जिम्मेवारी दिइएको छ ।