बिजनेस

भुकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सकियो : अर्थमन्त्री शर्मा


काठमाडौँ – अर्थमन्त्री जनार्दन शर्माले भुकम्पपछिको पुनर्निर्माणको ९० प्रतिशत काम सम्पन्न भएको बताउनु भएको छ ।

भुकम्पपछिको पुर्ननिर्माणको अनुभव तथा प्रगति अन्तर्राष्ट्रिय समुदायमा पुर्याउन राष्ट्रिय पुर्ननिर्माण प्राधिकरणले आयोजना गरेको पुनर्निर्माणसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा बोल्दै अर्थमन्त्री शर्माले विभिन्न दातृ निकायको सहयोग र राजनैतिक दलहरुको संकल्प, सरकारको जिम्मेवारी र पुनर्निर्माणमा खटेको जनशक्तिको लगनशिलताको कारणले पुनर्निर्माणको कार्यले मूर्तरुप लिएको बताउनु भयो ।

उहाँले पुनर्निर्माणको अभियानमा सहयोग गर्नुहुने सबै मित्र राष्ट्रहरु तथा विकास साझेदार निकायलगायत अन्तर्राष्ट्रिय संघ संस्था, पुनर्निर्माणमा प्रत्यक्ष प्रत्यक्ष रुपमा सहयोग गर्नेहरुलाई धन्यावाद व्यक्त गर्नु भयो । अर्थमन्त्री शर्माले पुनर्निर्माणका बाँकी कामहरुलाई चालु आर्थिक वर्षभित्र सम्पन्न गरी सक्ने बताउनुभयो ।

उहाँले चालु आर्थिक वर्षभित्र सक्नको लागि शहरी विकास मन्त्रालयलाई जिम्मा दिएको बताउनु भयो ।