राजनीति

साझा उम्मेदवार चयन गर्न पौडेल पक्षको चाक्सीबारीमा छलफल सुरु


काठमाडौँ — नेपाली कांग्रेसको १४ औं महाधिवेशनका लागि सभापति र पदाधिकारीको उम्मेदवार टुंगो लगाउन वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको छलफल सुरु भएको छ । पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा सभापति र अरु पदका आकांक्षीहरु छलफलमा बसेका हुन् ।

मंसिर २४ देखि २७ गतेसम्म काठमाडौँमा हुने कांग्रेसको महाधिवेशनका लागि संस्थापन र पौडेल पक्ष दुबैले अहिलेसम्म साझा उम्मेदवार चयन गर्न सकेका छैनन् ।

पौडेल पक्षबाट सभापतिका आकांक्षी डा। शशांक कोइरालाले दावी छाडे पनि रामचन्द्र पौडेल, प्रकाशमान सिंह र शेखर कोइरालाले दावी छाडेका छैनन् । उपसभापति, महामन्त्री, सहमहामन्त्री पदमा पनि धेरै नेताहरु आकांक्षी छन् । यसअघि पौडेल पक्षले बुधबार दिउँसो आफ्नो पक्षका जिल्ला सभापति र प्रदेशस्तरका नेताहरुसँछ छलफल गरेको थियो ।