राजनीति

चाक्सीबारीमा प्रकाशमान र शशांकबीच ‘वान टु वान’ वार्ता


काठमाडौँ — नेपाली काँग्रेसको संस्थापन इतर समूहबाट सभापतिको उम्मेदवार चयनका लागि सहमति जुटाउन नेताहरुबीच छलफल जारी छ । बिहानैदेखि छलफलमा जुटेको संस्थापन इतर समूहमा सहमति भने हुन सकेको छैन ।

बिहान संस्थापन इतर समूहका जिल्ला सभापति, प्रदेशसभा निर्वाचनमा विजयी तथा आकांक्षी नेतासहितका नेताहरुको छलफल भएको थियो भने त्यसपछि पौडेल समूहका केन्द्रीय सदस्यहरूबीच छलफल भएको थियो । सो छलफलमा सभापतिका आकांक्षी प्रकाशमान सिंह र डा।शेखर कोइरालाबीच सहमति हुन नसकेको सन्दर्भमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई नै उम्मेदवारको प्रस्ताव गर्ने निर्णय भएको थियो ।

यही निष्कर्षका साथ प्रकाशमानको निवासमा केन्द्रीय सदस्यसहितको संयुक्त बैठक बसेर उम्मेदवारको टुंगो लगाउने तय भएकोमा सो अघि प्रकाशमान र महामन्त्री शशांक कोइरालाबीच वान टु वाट वार्ता भएको छ । चाक्सिबारीस्थित प्रकाशमानको निवासमा भएको दुई नेताको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ । यद्यपि छलफलको विषय बाहिर आएको छैन ।