राजनीति

साना निर्माण कम्पनीले सार्वजनिक खर्च गर्न सक्दैनन् : मन्त्री झाँक्री


काठमाडौँ — सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले पारिवारिक खालका साना निर्माण कम्पनीले सरकारको सार्वजनिक खर्च गर्न नसक्ने बताएकी छन् । बुधबार काठमाडौँमा नेपाल निर्माण व्यवसायी महासंघले १४ औं राष्ट्रिय निर्माण दिवसको अवसरका आयोजना गरेको प्रभातफेरी कार्यक्रममा बोल्दै यस्तो बताएकी हुन् ।

मन्त्री झाँक्रीले सरकारको सबै भन्दा ठूलो सार्वजनिक खर्च गर्ने निर्माण कम्पनी पारिवारिक खालको दुई वटा इन्जिनियर, दुई वटा जेसिभी र दुई वटा टिपर राखेर बनाएको कम्पनीले राज्यको सार्वजनिक खर्च गर्न नसक्ने बताउनु भयो ।

मन्त्री झाँक्रीले निर्माण कम्पनीको क्षमता विकास गरेर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिस्पर्धा गर्न सक्ने पर्ने बताउनु भयो । उहाँले स्वदेशमा मात्रै नभएर अन्तर्राष्ट्रिय क्षेत्रमा समेत प्रतिस्पर्धा गर्ने कम्पनी बनाउनको लागि धेरै पुँजी भएको कम्पनी बनाउनु पर्ने तर्फ राख्नुभयो ।

मन्त्री झाँक्रीले सरकारको विकास निर्माणको पँुजीगत खर्च गर्ने क्षेत्र नै नीजी क्षेत्र भएको बताउनु भएको छ ।