राजनीति

सर्वोच्चले उल्टायो सरकारको निर्णय,स्काउटको संयोजकमा भण्डारीको पुनर्वहाली


काठमाडौँ – नेपाल स्काउटका संयोजक लोकबहादुर भण्डारीलाई पुर्नवहाली गर्न सर्वाेच्च अदालतले अन्तरिम आदेश दिएको छ । भण्डारीलाई संयोजकबाट हटाउने सरकारको निर्णय गैरकानूनी ठहर गर्दै सर्वोच्चले पुनर्वहालीका लागि अन्तरिम आदेश दिएको हो ।

मंगलवार न्यायाधीश तेजबहादुर केसीको एकल इजलासले भण्डारीसहितको तत्कालीन कार्य समितिलाई पुनर्वहालीको आदेश दिएको थियो । योसँगै नेपाल स्काउटको संयोजकत्वमा पुन भण्डारीले नै कार्यभार सम्हाल्ने भएका छन् ।

केपी ओली नेतृत्वको सरकारले नियुक्त गरेका पदाधिकारी हटाउने क्रममा युवा तथा खेलकुद मन्त्रालयको सिफारिसमा सरकारले भण्डारीलाई नेपाल स्काउटको संयोजकबाट हटाएको थियो। भण्डारीका पक्षमा अधिवक्ता रुद्र पोखरेल लगायतले वहस गरेका थिए।

सर्वाेच्चले सरकारका नाममा कारण देखाउ आदेशसमेत जारी गर्दै दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ।