राजनीति

खाना खान्छु भनेर हिडेका पौडेल पुगे सिटौला निवास


काठमाडौँ – नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफू पक्षीय बैठक छोडेर सिटौला निवास पुगेका छन् । बुधबार बिहान बत्तीसपुतलीस्थित अनुपम फुडल्यान्डमा भइरहेको बैठकबाट पौडेल खाना खान हिडेका पौडेल कृष्णप्रसाद सिटौला निवास चण्डोल पुगेका हुन् ।

पार्टीको १४औं महाधिवेशन नजिकिँदै जाँदा सभापति पदमा उठ्ने साझा उम्मेदवार तय गर्न पौडेल पक्षको बैठक राखेको थियो । सिटौला पक्षले चण्डोलस्थित उम्मेदवार चयन तथा महाधिवेशनमा चुनावी तालमेलबारे छलफल गर्न छुट्टै बैठक राखेका छन्। सिटौलाले आफैंले उमेदवारी दिने कि अर्को पक्षलाई सहयोग गर्ने भन्ने निर्णय हुनेछ। सिटौलाले सभापतिमा शेरबहादुर देउवालाई नै सहयोग गर्ने निश्चित जस्तै देखिएको छ ।

आज एकसाथ संस्थापन, संस्थापन इतर (पौडेल) र सिटौला पक्षले बिहानैदेखि आआफ्ना बैठक गरिरहेका छन्।