राजनीति

देउवा पक्षीय नेताहरूको बैठक सुरु


काठमाडौँ – प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादर देउवाले आज बिहान ९ बजे बोलाएको बैठक भर्खरै सुरु भएको छ । देउवाको निजी निवास बुढानीलकण्ठमा पदाधिकारीका विषयमा छलफल गर्न देउवा पक्षीय नेताहरूको बैठक सुरु भएको हो ।

छलफलपछि पदाधिकारीसहितका उमदेवारको टुंगो लगाउने तयारी रहेको बताइएको छ । विभिन्न पदमा आकांक्षी धेरै हुँदा देउवालाई आफ्नो टिम तयार गर्न सकस परेको छ ।

बैठकमा केन्द्रीय पदाधिकारीमा उठ्ने आकांक्षी, जिल्ला सभापति, प्रदेशका प्रतिनिधिलगायत सहभागी छन् ।