राजनीति

सत्तारुढ दलहरु महाअभियोग लगाउने पक्षमा नरहेको ओलीको दावी


काठमाडौँ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरु प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई संसद्मा महाअभियोग लगाउने पक्षमा नरहेको बताउनु भएको छ । उहाँले प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालको नामै लिएर सत्तापक्ष प्रधानन्यायाधीश जबरालाई संसद्मा महाअभियोग लगाउने पक्षमा नरहेको दावी गर्नु भएको हो ।

हिजो मंगलबार प्रधानन्यायाधीश जबरालाई हटाउनका लागि सहयोगको याचना गर्दै बालकोटस्थित आफ्नै निवासमा पुगेका नेपाल बार एशोसिएशन र सर्वोच्च अदालत बार एशोसिएशन नेतृत्वको टोलीसँग संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले जबरालाई हटाउन संसद्मा महाअभियोग प्रस्ताव नआउने बताउनुभयो ।

अध्यक्ष ओलीले आफूले अदालतसँग कुनै लेनदेन नगरेको पनि बताउनु भयो । उहाँले न्यायालयको सुधारका लागि मनैदेखि लाग्न पनि आन्दोलनरत कानुन व्यवसायीहरुलाई आग्रह गर्नु भयो । उहाँले आफू अदालतको विषयलाई लिएर कुनै पनि व्यक्तिको बचाऊमा नलाग्ने स्पष्ट पार्नु