समाचार

अनेमसंघ समाजवादीद्वारा महिला हिंसाविरुद्धमा वृहत् अन्र्तक्रिया आयोजना


काठमाडौँ – अखिल नेपाल महिला संघ समाजवादीले १६ दिने महिला हिंसा विरुद्धको दिवसका अवसरमा अन्र्तक्रिया कार्यक्रमको आयोजना गरेको छ । महिलामाथिको हिंसा र हेर्ने दृष्टिकोण अझैपनि नबदलिएको भन्दै संघले हिंसाविरुद्धको आन्दोलनमा सहभागी हुन सबैमा अपिल गरेको हो ।

कार्यक्रममा बोल्दै अनेमसंघका अध्यक्ष जयन्ती राईले हिंसा रोक्न हरेक व्यक्ति लाग्नुपर्ने बताउनुभएको छ । अहिले पार्टीको संगठनले मात्रै कार्यक्रम गरेको छ, अब हामी सरकारमा गएको गठबन्धन सबै मिलेर कार्यक्रम गर्छौ, देशब्यापी रुपमा गएर हिंसा विरुद्ध सचेतना फैलाउँछौ र हिंसा रोक्न पहल गर्छौ उहाँको जोड थियो । कार्यक्रममा अन्य वक्ताले पनि भाषणमा भन्दापनि कानूनको कार्यान्वयनमा जोड दिएर महिला हिंसा घटाउनुपर्ने बताउनुभएको छ ।


लैंगिक हिंसा विरुद्धको १६ दिने अभियानको शुरुवात महिला विरुद्धको हिंसा अन्त्यका लागि सन् १९९१ मा सेन्टरफोर ओमन्स ग्लोवल लिडरसीपको पहलमा विभिन्न २३ देशका उत्साहित महिला अधिकारकर्मी समुहले गरेको थियो । त्यसपछि, हरेक २५ नोभेम्बर देखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रुपमा विश्वव्यापी रुपमा मनाउँदै आएको हो ।