समाचार

हल्चोकबाट आकाश भैरवको मूर्ति चोरी


काठमाडौँ — काठमाडौँको हल्चोकस्थित आकाश भैरवको मन्दिरबाट मंगलबार बिहान आकाश भैरवको मूर्ति चोरी भएको छ । महानगरीय प्रहरी वृत्त, स्वयम्भूकाका अनुसार मंगलबार बिहान साढे १२ बजेतिर मन्दिरमा रहेका दुईवटा मूर्तिमध्ये आकाश भैरवको मूर्ति चोरी भएको हो ।

करिब ३ सय वर्ष पुरानो भनिएको उक्त मूर्ति ४र५ वटा मोटरसाइकलमा आएको समूहले उठाएर लगेको मन्दिरका पुजारीको भनाइ उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

आफूलाई ज्यान मार्ने धम्की दिएर उक्त समूहले मूर्ति उठाएर लगेको पनि पुजारीले बयान दिएको प्रहरीले बताएको छ । मूर्ति चोरीबारे अनुसन्धान भइरहेको पनि प्रहरीले जनाएको छ ।