राजनीति

राष्ट्रियसभाको निर्वाचन कार्यक्रम सार्वजनिक, पुस २० मा उम्मेदवारी दर्ता,माघ १२ गते मतदान


काठमाडौँ — निर्वाचन आयोगले माघ १२ मा हुने राष्ट्रियसभाका निर्वाचन कार्यक्रम सार्वजनिक गरेको छ । कार्यक्रम अनुसार पुस २० गते उम्मेदवारी दर्ता गर्नुपर्ने छ । त्यसै दिन उम्मेदवारको नामावली प्रकाशित गर्ने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ ।

पुस २० गते उम्मेदवारको मनोनयन पत्र दर्ता गर्ने र मनोनयन पत्र दर्ता भएको उम्मेदवारको सूची प्रकाशन गर्ने, पुस २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, पुस २२ र २३ गते मनोनयन पत्र र उजुरी उपर जाँचबुझ गरी निर्णय गर्ने तथा उम्मेदवारको नामावली प्रकाशन गर्ने, पुस २४ गते उम्मेदवारले नाम फिर्ता लिने, पुस २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तथा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गर्ने कार्य तालिका रहेको छ।

तोकिएका मतदान केन्द्रहरूमा माघ १२ गते बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने कार्यक्रम रहेको आयोगले जनाएको छ।