राजनीति

बार प्रतिनिधिलाई ओलीको जवाफ – न्यायालय तत्कालै सच्चिएर अघि बढ्ने अवस्था छैन्


काठमाडौँ — नेकपा एमालेका अध्यक्ष तथा प्रमुख विपक्षी दलका नेता केपी शर्मा ओलीले अहिले न्यायालयमा तत्कालै सच्चिएर अघि बढ्ने अवस्था नरहेको बताएका छन् । नेपाल बारका प्रतिनिधिसँग निवास बालकोटमा कुराकानी गर्दै उनले यस्तो बताएका हुन् ।

उनले कानुन व्यवसायी पनि सच्चिनुपर्ने अवस्थामा रहेको बताए । “क–कसले के के बहस गर्नुभयो मैले बिर्सेको छु,” संसद् विघटनको विपक्षमा बहस गरेका वकिलतर्फ संकेत गर्दै ओलीले भने, “संसदले हो प्रधानमन्त्री बनाउने र हेरफेर गर्ने कुरा त्यहाँ थाहा पनि भएन । कम्तिमा त्यहाँ त फर्काउनुपर्छ होला नि । संसद्ले प्रधानमन्त्री हटाएको पनि थाहा पाएन । एकजना श्रीमान्ले अमेरिकाबाट इमेल गर्नुभयो । त्यो वाचन गरियो पछि फिर्ता ल्याइयो । यहाँ त पहिले देखि नै केही भइरहेको थियो ।”