राजनीति

सार्वजनिक सरोकारमा प्रधानमन्त्रीलाई विपक्षी विद्यार्थी संगठनको ध्यानाकर्षण


काठमाडौँ — प्रमुख प्रतिपक्षी नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुको नेतृत्वमा विपक्षी विद्यार्थी संगठनहरुले प्रधानमन्त्री शेरबहादुर देउवालाई ज्ञापन पत्र बुझाएका छन् । मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा पुगेर उनीहरूले ज्ञापन पत्र बुझाएका हुन् ।

ज्ञापन पत्रमा पेट्रोलियम पर्दाथको मूल्य घटाउनुपर्ने, विद्यार्थीलाई सार्वजनिक यातायातमा छुट दिने प्रावधान कडाइ साथ पालना गराउनुपर्ने र त्रिविमा आन्तरिक प्रतिस्पर्धाका नाममा योग्यलाई रोक्न खोजिएको भन्दै त्यसलाई सच्याउन माग गरिएको छ । माग पुरा नभए थप आन्दोलन गर्ने अनेरास्ववियु केन्द्रिय सचिवालय सदस्य मदन बिष्टले बताए ।

विपक्षी विद्यार्थीको गठबन्धनमा ७ विद्यार्थी संगठन संलग्न छन् ।