राजनीति

सभापतिको साझा उमेदवार छान्न पौडेल पक्षको बैठक जारी


काठमाडौँ — नेपाली कांग्रेस संस्थापनइतरका शीर्ष नेताहरूको बैठक जारी छ । नेता प्रकाशमान सिंहको चाक्सीबारीस्थित निवासमा बैठक बसेको हो ।

पार्टीको १४औँ महाधिवेशनमा सभापति पदका आकांक्षीहरू सिंहसहित वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, नेता शेखर कोइरालालगायत बैठकमा छन् । उनीहरूले सभापतिमा साझा उमेदवारका विषयमा केन्द्रीय सदस्यहरूसित छलफल गरिरहेका हुन् ।

बैठकले पौडेल–कोइराला समूहबाट सभापतिको साझा उमेदवार चयन गर्ने लक्ष्य राखिएको छ । केन्द्रीय सदस्यहरूले सो विषयमा आफ्ना धारणा व्यक्त गरिरहेका छन् ।