समाचार

९ वर्षीया अभियान्ता प्रेन्सा रेग्मी ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२’ मा चयन



काठमाडौँ – पोखराकी ९ वर्षीया अभियान्ता प्रेन्सा रेग्मी ‘ग्लोबल चाइल्ड प्रोडिजी अवार्ड २०२२’ मा चयन भएकी छिन् । विश्वभरका ६८ भन्दा बढी देशहरूमध्येमा एक सय बाल प्रोडिजीमा प्रेन्सा छनोट भएकी हुन् ।

आयोजकले पहिलो–अन्तर्राष्ट्रिय बाल प्रोडिजी पुरस्कारमा प्रेन्साको प्रतिभा र कामका आधारमा छनोट गरिएको जनाएको छ । प्रेन्साले कोरोना महामारीका बेला जारी भएको लकडाउनका बेला फुड बैंक, क्लोथ बैंक र बुक बैंक अभियान चलाएकी थिइन् । बुक बैंक अभियानलाई भने प्रेन्साले अहिले पनि निरन्तरता दिएकी छिन् ।

२०२२ को फेब्रुअरीको अन्तिम साता दुबईमा अवार्ड समारोह आयोजना हुने भएको छ । अन्तर्राष्ट्रिय अवार्डमा छनोट हुँदा देशलाई चिनाउने मौका मिलेको र आफूलाई गर्व लागेको प्रेन्साले बताएकी छिन् ।