राजनीति

पूर्वमहामन्त्री सिंहले खोले सम्पर्क कार्यालय



काठमाडौँ – नेपाली कांग्रेसको १४औं महाधिवेशनमा सभापति पदमा उठ्ने तयारी गरिरहेका पूर्वमहामन्त्री प्रकाशमान सिंहले सम्पर्क कार्यालय खोल्नुभएको छ । सिंहदरबारअगाडि यलम्बर पार्टी प्यालेस भाडामा लिएर सिंहले सम्पर्क कार्यालय खोल्नुभएको हो ।

यही कार्यालयबाट अब नेता तथा कार्यकर्तालाई भेटघाट गर्ने सिंहको सचिवालयले जनाएको छ । सिंहले सभापति पदमा आफू नेचुरल उम्मेदवार भएको बताउँदै आउनुभएको छ । सिंहले सम्पर्क कार्यालय खोल्दा केन्द्रीय सदस्य राजन केसी, काठमाडौं कांग्रेस सभापति सबुज बानियाँ र ललितपुर सभापति जितेन्द्र श्रेष्ठ, काठमाडौं महानगरकी उपप्रमुख हरिप्रभा खड्गीलगायतको उपस्थिति थियो ।