राजनीति

महाधिवेशनको चटारोमा कांग्रेस, विद्युतीय मेसिनको प्रयोगबारे अन्योल



काठमाडौँ –– नेपाली कांग्रेसको १४ औं महाधिबेशन सुरु हुन ३ दिन मात्र बाकी रहदा पनि मतदान कसरी भन्ने अन्यौलता कायमै छ ।

कांग्रेसको निर्वाचन समितिले महाधिवेशनमा सभापतिसहित पदाधिकारी बाहेक केन्द्रीय सदस्यका लागि हुने मतदानमा विद्युतीय मेसिन प्रयोग गर्न सुझाव दिएको छ । तर के गर्ने भन्ने निर्णय हुन सकेको छैन । सोमबार महाधिवेशनका लागि बनाइएका विभिन्न समितिका संयोजकसँग सभापति शेरबहादुर देउवाले छलफल गरेका थिए । तर निष्कर्ष आएन ।

उक्त छलफलमा केन्द्रीय सदस्यको मत गणनामा धेरै लाग्न लाग्न सक्ने भन्दै विद्युतीय मेसिन प्रयोग गर्न प्रस्ताव गरेका हुन् । सोमबार देउवाले पार्टीको आसन्न १४आँैं महाधिवेशनलाई व्यवस्थीत रुपमा अघि बढाउन पार्टीपङ्तीलाई निर्देशन दिएका थिए । देउवाले महाधिवेशनलाई भव्य र व्यवस्थीत रुपमा सम्पन्न गर्नका लागि सवै तयारी पुरा गर्न निर्देशन दिएका हुन् ।

कांग्रेसले १४ औँ महाधिवेशनको उद्घाटन यही मंसिर २४ गते, शुक्रबार राष्ट्रिय सभागृहमा दिउँसो १ बजे हुनेछ । नेतृत्व चयनका लागि मात्रै हुन लागेको यो महाधिवेशनमा राष्ट्रिय सभागृह, भृकटीमण्डप र महेन्द्र पुलिस क्लब गरि विभिन्न तीन स्थानमा मतदानको तयारी गरिएको छ । २४ गते उद्घाटन हुने महाधिबेशन मार्फत नेपाली कांग्रेसले नेतृतव चयन गर्नेछ ।